मानवअधिकार उल्लंघन घटना बढेकोमा चिन्ता

इलाम । राजसंस्था पक्षधर र विप्लव समूहको गतिविधिका कारण आन्दोलनका कारण मानव अधिकार उल्लंघन हुने सम्भावना बढेको प्रदेश १ का भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगरले बताउनुभएको छ ।

मानव अधिकार मञ्च नेपाल, इलामले आयोजना गरेको एक कार्यक्रममा राज्यमन्त्री रानामगरले पछिल्ला गतिविधिले मानवअधिकार उल्लंघन बढ्ने चिन्ता व्यक्त गर्नुभएको हो ।

मोरङको मिक्लाजुङ गाउँपालिकाकामा मंगलबार भएका शिक्षक हत्यो गम्भीर मानवअधिकार उल्लंघनको उदाहरण भएको भन्दै सरकार शान्तिसुरक्षाका लागि प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । सुरक्षा व्यवस्थामा चुनौति थप्ने कोसिस भएपनि सरकारले जनताको सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।

फरक प्रसंगमा रानाले पेसागत रुपमा पनि मानव अधिकार संरक्षण हुन नसकेको भन्दै सामाजिक सञ्जालले समेत कतिपय अधिकार हनन् गरिरहेको बताउनुभयो । सरकारले संविधानमा तोकेको खाद्य, आवास, रोजगारी लगायतका मौलिक हक कार्यान्वयन गर्न नसकेको भन्दै उहाँले भौतिक संरचाना निर्माणमा नै सरकार अल्मलिएको बताउनुभयो । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले राजावादीको आन्दोलनबाट बिचलित हुनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले मजदुरहरु आफ्नो अधिकारबाट बञ्चित भएको भन्दै चियाका अधिकांश कारखाना निजी क्षेत्रबाट सञ्चामलित भएकोले ज्याला लगायत विविध समस्या समाधानका लागि सरकारले समन्वय गरेर अधिकार सुरक्षामा पहल गर्नुपर्ने बताउनुभयो ।
पत्रकार गौतम पुरस्कृत ‘सातौं मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७७’ बाट ताप्लेजुङका पत्रकार आनन्द गौतम पुरस्कृत हुनुभएको छ । मानव अधिकार मञ्च नेपाल, इलामले हरेक वर्ष झैं यस वर्ष गौतमलाई पुरस्कृत गरेको हो ।

प्रदेश १ का भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगरले नगद १० हजार रुपैयाँसहित गौतमलाई सम्मान गर्नुभयो । ताप्लुेजुङमा रहेर मानवअधिकारका क्षेत्रमा कमल चलाउँदै आउनुभएका गौतम कान्तिपुर मिडिया ग्रुपमा आवद्ध हुनुहुन्छ । विगत १५ वर्षदेखि पत्रकारितामा क्रियाशील गौतम नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका संस्थापक सचिव समेत हुनुहुन्छ ।

शुक्रबार, २६ मंसिर, २०७७, बिहानको १०:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर