विराटनगर । करिव ४ हजार ५०० जनसंख्या भएको पूर्वोत्तर मोरङको रमितेखोलामा स्थायी सुरक्षा निकायको उपस्थितिको माग गरेको धेरै समय वितेपनि कार्यान्वयन भएको छैन ।
स्थानीय, राजनीतिक दल र जनप्रतिनिधिहरूले मिक्लाजुङको उत्तरी क्षेत्र मिक्लजुङ १ रमितेखोलाको आइतबारेमा सुरक्षा क्याम्प राख्न माग गर्दै गृहमन्त्रालयसम्म पुगेको प्रस्ताव वर्षदिन बितिसक्दा पनि कार्यान्वयन नभई अलपत्र भएको छ ।
‘एक वर्ष अघिनै रमितखोलास्थित गरिवी निवारण भवनमा सुरक्षा बेस क्याप स्थापना गर्ने सहमति भएर सर्भेसमेत भइसकेको थियो,’ प्रदेश सांसद कुलप्रसाद साम्बाले भन्नुभयो ‘गृह मन्त्रालयले अहिलेसम्म उक्त प्रस्ताव कार्यान्वयन गरेन, त्यहाँको सुरक्षा संवेदनशीलताप्रति राज्य गम्भीर नै भएन ।’ उहाँले जनता त्रासमा बाँचिरहेकोले तत्काल सुरक्षा बेसक्याम्प स्थापना गर्नुपर्ने दोहो¥याउनुभयो ।
मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले मिक्लाजुङको रमितखोलामा प्रहरीको बेक्स क्याम्प राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । ‘मोरङको उत्तरी क्षेत्रको पहाडी क्षेत्र सुरक्षा संयन्त्रको निगरानीभन्दा बाहिर छ । सुरक्षार्कीको न्युन उपस्थितले अपराधिक क्रिकायलपलाई हुने सक्ने हुँदा सुरक्षा फौजको तैनाथी बढाउनुपर्ने आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘सुरक्षा बेस क्याम्प राख्न माथिल्लो निकायमा पहल गरेका छौं ।’
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबाबु कार्कीले मिक्लाजुङको उत्तरी क्षेत्रको सुरक्षाका लागि रमितेखोलाको आइतबारेमा बेस क्याम्प राख्न सुरक्षा समितिको बैठकले गृह मन्त्रालयमा सिफारिस गरिसकेको र त्यो स्वीकृत हुने विश्वास व्यक्त गर्नुभएको ।