प्रधानाध्याप राजेन्द्र श्रेष्ठ हत्या प्रकरण

विप्लव समूहले लियो जिम्मा

विराटनगर । मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्याप राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको घटनाको विप्लव समूहले जिम्मा लिएको छ ।

मंगलबार साँझ मेची कोशी व्यूरो इन्चार्ज प्रतापको नाममा एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले विभिन्न समयमा पार्टीका जनमुक्ति सेनाका विरुद्धमा सुराकी गरेको, गाउँमा धाकधम्की दिएको उल्लेख गरिएको छ । सोही क्रममा उनलाई सोधपुछ गर्ने क्रममा उनले आक्रमण गरेपछि प्रतिकार गर्दा उनको मृत्यु भएको उल्लेख छ ।

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको विप्लव समूहले विज्ञप्तिमार्फत दाबी गरेको छ।

प्रहरीका अनुसार श्रेष्ठलाई नियन्त्रणमा लिई हात बाँधेर धारिलो हतियारले घाँटी रेटिएको छ। श्रेष्ठले २०७६ फागुन २६ गते आफ्नो पार्टीको मेची–कोसी ब्यूरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी पनि गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

मङ्गलबार, २३ मंसिर, २०७७, रातीको ०८:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर