विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढीरहेको बेला मोरङका नेकपा निकट युवा विद्यार्थी संगठनहरुले पनि पक्ष–विपक्षमा गतिविधि तीब्र बनाएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महर सोमबार विराटनगर आएर आफूपक्षीय भेला राखे । महरसहितको भेलामा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पनि सम्बोधन गर्नुभएको थियो ।
त्यसलगत्तै दाहाल–नेपाल पक्षका युवा तथा विद्यार्थीहरु पनि भेला तथा कार्यक्रम गर्न जुटेका हुन् । पार्टी अध्यक्ष ओली कै निर्देशमा तल्लो तहसम्म श्रृंखलाबद्ध गुट भेला गर्ने र अर्को पक्षमाथि दबाब बढाउन थालेपछि आफूहरु पनि त्यसखालका गतिविधि रोक्नका लागि मैदानमा आएका दाहाल नेपाल पक्षका युवा तथा विद्यार्थी नेताहरुले बताएका छन् ।
राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य इश्वरी आचार्यले यही मंसिर ३० गते मोरङ विराटनगरमा युवा तथा विद्यार्थीहरु भेला गरी अन्तरक्रिया गर्ने र उक्त कार्यक्रममा पार्टी एकताको पक्षमा दबाब बढाउने तयारी गरिएको बताउनु भयो । दाहाल–नेपाल पक्षीय आचार्यका अनुसार उक्त भेलामा पार्टीका केन्द्रीयस्तरका नेताहरुको सहभागीता गराउने पहल भइरहेको छ ।
उक्त भेलाको तयारी स्वरुप युवा संघ तथा विद्यार्थी नेताहरू इश्वरी आचार्य, सुमन कालिकोटे, ताजिम अन्सारी, शंकर भट्टराई, टेकेन क्षेत्री, आजम प्रवेज, निर्मल भण्डारी, शिवराम सहनी, सनोज यादव, हजबुल अली, प्रेम खवास, अनु राईलगायतको उपस्थिति थियो ।
‘ओली पक्षले पार्टी एकताका विरुद्धमा, पार्टीको विधि, पद्धती र अनुशासनको उल्लंघन गर्दै तल्लो तहसम्म श्रृंखलाबद्ध गुटबन्दी जारी राखेको छ, त्यसका विरुद्धमा हामीले पार्टी एकताको पक्षमा कार्यक्रम गर्न लागेका हौं,’ आचार्यले भन्नुभयो, ‘कार्यक्रम सशक्त पार्ने तयारी गरेका छौं ।’
‘प्रचण्डसँग माधव नेपाल सति गएको र विद्यार्थीका सह संयोजक रन्जित तामाङसँग वसिम आलम सति गएको जस्ता भ्रामक र कपोलकल्पित आरोप तल्लो तहसम्म पु¥याउने प्रयास भएको छ,’ अनेरास्ववियुका केन्द्रीय सचिव तथा युवा नेता वसिम आलमले भन्नुभयो, ‘त्यस्ता आरोपहरुलाई खारेज गर्दै पार्टी एकताको पक्षमा फुटको विरुद्धमा हामीले कार्यक्रम आयोजना गर्न लागेका हौं ।’
यसअघि ओलीपक्षीय कार्यकर्ताले विराटनगरमा प्रदर्शन गर्दै प्रचण्ड र माधव नेपाललाई भारतीय दलालको आरोप लगाउँदै प्रधानमन्त्रीको पक्षमा नाराबाजी गरेको स्मरण गर्दै आलमले कोही नेताको पक्ष विपक्षमा भन्दा पनि विधि र पद्धतीमा आफूहरुले जोड दिइरहेको बताउनु भयो ।
ओली पक्षले बाहिर बोल्दा एउटा कुरा गर्ने र व्यवहार अर्को काम गर्ने गरेको भन्दै आचार्यले अब त्यसको चिरफार गर्दै तलैसम्म छलफललाई लैजाने तयारी भएको पनि बताउनु भयो ।
दुबै पक्षको नाममा गरिने समानान्तर गतिबिबिधि नेपालको बर्गिय मुक्ति आन्दोलन, नेकपा र भाबानात्मक एकताको बपरूद्दमा छ । अहंकारबाद र उदण्डताबादको भक्तिगितमा आत्मा सन्तुस्टिमा रमाउने ठेउकाहरूलाई चेतना भया ।