अर्काको नाममा परीक्षा दिने पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका ४ स्थित गोग्राहा माध्यामिक विद्यालयमा लोक सेवा आयोगको परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

आयोगको धनकुटास्थित कार्यालयले लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा सुनसरीको हरिनगरा १ का १८ वर्षीय बिल्साद आलम पक्राउ परेका हुन् ।

आलमले हरिनगरा १ का २६ वर्षीय अवताव आलमको ठाउँमा परीक्षा दिइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

मङ्गलबार, २३ मंसिर, २०७७, बिहानको १०:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर