विराटनगर । हुल बाँधेर मोरङको पूर्वी क्षेत्रको सीमा नकाहरूबाट पशुचौपाया भारततर्फ तस्करी हुने गरेको पाइएको छ । नेपालमा सस्तोमा खरिद गरि भारत पु¥याउँदा मासुको मूल्यमा चौपाया बिक्री हुने भएकोले यसको तस्करी हुने गरेको हो ।
मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीको टोलीले सोमबार बिहान भारततर्फ तस्करी गर्न लागेको ४७ थान चौपाया नियन्त्रणमा लिएको छ । प्रहरीले मोरङ धनपालथान गाउँपालिका १ गडेरीया चोकबाट नेपालबाट भारततर्फ अबैध रुपमा लैजान लागेको गाईगोरु नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।
प्रहरीले २९ वटा गाई, एक वटा बाछी, १५ वटा गोरु र २ वटा बाछा नियन्त्रणमा लिएको छ । ‘पक्राउ गरिएको चौपायाको भेटेनरी क्वारेन्टाइनको सिफारिस पनि थिएन,’ डिएसपी राईले भन्नुभयो, ‘तस्करी गरि भारतर्फ लैजान लागेको गाईगोरुहरू पक्राउ गरिएको हो ।’ प्रहरीले पक्राउ गरेको चौपायको अन्दाजी मूल्य ५ लाख २१ हजार मूल्यांकन गरि आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाएको छ ।
नेपाल प्रहरीले चौपाया नियन्त्रणमा लिएको स्थान सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) नोचाको कार्यक्षेत्रमा पर्दछ । बिओपी नोचाले तस्करीको चौपाया नियन्त्रणमा चासो नदेखाएपछि जिल्लाबाट खटिएको सादा पोशकको प्रहरी टोली पुगेर पक्राउ गरेको हो । बिओपी नोचालाई तस्करको समूहले सेटिङ्ग मिलाएको कारणले चोरी तस्करी हुने चौपाया निन्यत्रणमा चासो नदिएको स्रोतको भनाइ छ ।
तस्कर समूहले मोरङको पूर्वी नाकाहरू नोचा, गढरीया, खैरवाना, मायागन्जलगायतबाट भारततर्फ चौपाया लैजाने गर्दछन् । मोरङको कुसलचौक, दोमुना, कर्सिया, सनुसरीको दुहबीलगायतका पशु बजारमा चौपाय खरिद गरि सीमा नाका छेउमा लगेर राख्ने गरेको स्रोतको भनाइ छ । मध्यरातमा र विहानीपख तस्कर समूहले भारततर्फ चौपााय कटाउने गर्दछन् ।
नेपालमा गोरू र वृद्धा गाईहरू सस्तो मूल्यमा पाइने भएकोले तस्करीका लागेका समूहले भारतमा पु¥याउँदा मासुको मूल्यमा बिक्री गर्न लैजान्छन् । मोरङको पूर्वी सीमा नाकाहरूबाट नाजिर मियाँ, सहिद मियालगायतको समूहले चौपाइ भारततर्फ तस्करी गरि लैजाने गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
उनीहरुले विभिन्न हाटबजारबाट सस्तो मूल्यमा चौपाया खरिद गरि गाढीमा हालेर जहदा गाउँपालिकाको रामचौक ल्याएपछि भारत कटाउने गरेको स्रोतको भनाइ छ । तस्कर समूहले प्रहरीको आँखा छल्न अनेक जुक्ति लगाउने गरेका छन् । उनीहरुले हल गोरुको काँधमा जुवा लगाइदिने र खेतबारीमा जोत्न लगेजस्तो गरि सीमा कटाउने गरेको स्थानीयले बताएका छन् ।