प्रदेश १ मा १६८ डिस्चार्ज, होम आइसोलेसनका ९७ प्रतिशत

विराटनगर  । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज नेमध्ये सबैभन्दा धेरै होम आइसोलेसनमा बसेका संक्रमितहरु छन् । होमआइसोलेसनबाट १६३ डिस्चार्ज भएका हुन् । उक्त संख्या शनिबार डिस्चार्ज भएकाहरुको ९७ प्रतिशत हो । शनिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तीन र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८९९ पुगेको छ ।

प्रदेश १ मा शनिबार ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ४४, सुनसरीमा २८, मोरङमा आठ, इलाममा पाँच, सोलुखुम्वुमा चार, ताप्लेजुङमा एक र प्रदेश १ बाहिरका दुई जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको कनकाइमा ११, विर्तामोडमा नौ , शिवसताक्षी र कमल गाउँपालिकामा सात–सात , अर्जुनधारामा आर, भद्रपुरमा तीन, मेचीनगरमा दुई, बुद्धशान्तिमा एक, सुनसरीको धरानमा १५, इटहरीमा १०, इनरुवामा दुई, स्थानीय तह नखुलेका एक, मोरंगको सुनबर्सीमा तीन, विराटनगरमा दुई, पथरीशनिश्चरे, रतुवामाई र उर्लाबारीमा एक–एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता इलामको इलाम नगरपालिकामा पाँच, सोलुखुम्वुको सोलुदुधकुण्डमा तीन , थुलुङ दुधकोशीमा एक, ताप्लेजुङको फुङलिङमा एक र प्रदेश १ बाहिरका दुई जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४७ पुगेको छ ।

प्रदेश १ मा आज ४९२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९५ हजार ३३१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

शनिबार, २० मंसिर, २०७७, दिउँसोको ०४:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर