परीक्षण घट्यो, संक्रमितको संख्या पनि कम

विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको संक्रमण परीक्षणको दायरा कम भएसँगै संक्रमितको संख्यामा पनि कमी आएको छ ।

प्रदेशमा बुधबार ४९५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३३ महिला र ५९ पुरुष गरि ९२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यसअघि प्रदेशमा दैनिक २ हजारसम्म परीक्षण हुने गरेकोमा पछिल्लो दिनमा त्यो संख्या टेको छ । प्रदेशमा हालसम्म १ लाख ९२ हजार ७५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार झापामा २६, सुनसरीमा २१, मोरङ र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै झापाको मेचीनगरमा ६, बाह्रदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २–२, अर्जुनधारा, कचनकवल र हल्दिबारीमा १–१, सुनसरीको धरानमा १६, इटहरीमा २, रामधुनी, गढी र इनरुवामा १–१, मोरङको विराटनगरमा १३, सुनवर्षि र मिक्लाजुङमा २–२, उर्लाबारी, कटहरी र बेलबारीमा १–१ जना, इलामको इलाम नगरपालिकामा १७, माईजोगमाईमा २ र सुर्योदयमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ५३३ पुगेको छ ।

प्रदेशमा बुधबार ५० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४३, मेची अस्पतालबाट ६ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ४२७ पुगेको छ ।

 

बुधबार, १७ मंसिर, २०७७, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर