झापा । झापाको शिवसताक्षी नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आइतवार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका–४ का २६ वर्षे श्याम मर्डी र ३५ वर्षे गंगाराम कायस्थ्य छन् ।
मे ५ प ५०३२ नम्बरको मोटरसाइकलमा हिडेका दुवै जनालाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट २३ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १ लाख ८४ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
लागुऔषध तथा नगद सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।