प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २–२, भोक्राहा नरसिंहमा १, झापाको दमकमा २२, विर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बा¥हदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ । यस्तै मोरङको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४–४, बेलबारीमा ३, कानेपोखरी, पथरीशनिश्चरे र सुनवर्षिमा २–२, केराबारी, रंगेली र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ ।

उता इलामको सुर्योदयमा १४, इलाम नगरपालिका, देउमाई र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा ४, मिक्लाजुङ र स्थानीय तह नखुलेको १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, उदयपुरको त्रियुगा र वेलकामा १–१, ताप्लेजुङको फुङलिङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जनाको रिपोर्ट पोजेटिभ आएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ८५९ पुगेको छ ।

प्रदेशमा शनिबार ८४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ७६२ पुगेको छ ।

प्रदेशमा शनिबार ७७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६८ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ८९ हजार ५०२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शनिबार, १३ मंसिर, २०७७, साँझको ०५:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर