पीडित परिवारलाई अभियुक्तहरुको धम्की

विराटनगर । मोरङको बेलबारीमा बाँसको पुल तर्दा चर्को शुल्क उठाएको भन्दै विरोध गर्नेलाई आक्रमण गर्दा भएको घटनामा परिवारका एक जनाको हत्या र तीन जना घाइते भएको परिवार अभियुक्तकै धम्कीको कारण कारण थातथलो छाड्ने अवस्थामा पुगेको छ ।

घटनामा सलग्न १२ जना अभियुक्तहरु खुलेआम घुमफिर गरिरहे पनि पक्राउ नपरेको र पक्राउ परेकाहरु पनि अदालतबाट धरौटीमा छुटेर धाकधम्की दिन थालेपछि सुरक्षा जोखिम बढेको बेलवारी नगरपालिका ५ कसेनीस्थित पीडित परिवारको गुनासो छ ।

पीडित परिवारका ४९ वर्षीय धनकुमार राईका अनुसार घटनमा संलग्न २० जना अभियुक्तमध्ये तीन जना अभियुक्त अदालतबाट धरौटीमा छाडिएका छन् भने १२ जना पक्राउ नै परेका छैनन् । पक्राउ गरेर पुर्पक्षको लागि जेल चलान भएका चार जनाले पनि जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्चमा निवदेन गरेका छन् ।

पक्राउ नपरेका र अदालतबाट छुटेर आएकाहरुले धम्क्याउन थालेपछि गाउँमा बस्नसक्ने अवस्था नभएको धनकुमारले बताउनुभयो । राई परिवार गल्ती नै नगरि भएको ज्यान मार्ने आक्रमणपछि विक्षिप्त अवस्थामा थियो । त्यसमाथि अभियुक्तहरुले नै धाकधम्की दिन थालेपछि झन् भयभित भएको सहयोगी अजुर्न शर्माले बताउनुभयो ।

धरौटीमा छाडिएका अभियुक्तहरुले घरमा आएर ‘चार जनालाई मार्नुपर्नेमा एक जना मात्रै मारेछौं, गाउँमा तिमीहरु कसरी बस्छौं हेरौला’ भन्दै धाकधम्की दिने धनबहादुरको भनाइ छ । शोक, भोक र त्रासले गलेको राई परिवार एकातिर भाइ गुमाएको शोक र अर्कोतिर भाइहरुको उपचार गर्दा लागेको ऋणको बोझमा छ ।

घटनामा सिकिस्त भएका समुन्द्रको जीवन नर्क झै बनिरहेकोले उनलाई अदालतले उचित क्षतिपुर्ति दिलाइदिन्छ भन्ने आपेक्षा दाजु धनकुमारको छ । धनबहादुरका समुन्द्रको आक्रमणमा टाउको दुई फयाक भएको थियो । उनको उपचारमा राई परिवारले ५ लाख रुपैयाँ खर्च गरेको छ । अझै टाउकोमा स्टिल हाल्नुपर्ने भएकोले ४ लाख रुपैयाँ खर्च लाग्नेछ ।

बाँसको पुलमा मोटरसाइल तारेको चर्को शुल्क उठाउने कार्यको विरोध गरेको भन्दै भदौ ११ गते साँझमा स्थानीय दिनेश भन्ने घलेन्द्र श्रेष्ठसँग कृष्णकुमार चौधरी र विनयकुमार सरदारको भनाभन भएको थियो । सोही भनाभनको बदला लिन भदौ १२ गते कृष्णकुमार र विनयरले आफ्नो साथीहरु भेला गरेर श्रेष्ठमाथि सामूहिक आक्रमण गराएका थिए । आक्रमण छुटाउन गएका ३९ वर्षीय चन्द्रकुमार राईको नै उनीहरुले हत्या गरेका थिए ।

सो प्रकरणमा ३६ वर्षीय समुन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई र १५ वर्षीय गौरब राईलाई गम्भीर घाइते भएका थिए । घटनामा प्रहरीले २० जनलाई अभियुक्त बनाएकोमा विनयकुमार सरदार, राजेन्द्र थुलुङ, दिपेन्द्रकुमार चौधरी, विरेन्द्रकुमार खवास र बिशालकुमार खवास पुर्पक्षका लागि जेल चलान भएका छन् । अभियुक्तहरु यानु थुलुङ ५ लाख, जितेन्द्र चौधरी ४ लाख र बलराम चौधरी ५ लाख धरौटीमा छाडिएका छन् ।

घटनामा संलग्न १२ जना अझै फरार छन । फरार भनिएकाहरु गाउँघरमा घुमफिर गरिरहेका र दशैतिहारमा गाउँमा चाडबाड मान्न आएको स्थानीयले बताएका छन् ।

मंसिर १०, २०७७, बिहानको ०८:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर