मोरङका ६ वटा पालिकाले विद्यालय सञ्चालन गर्ने

इटहरा । मोरङको दक्षिणी सिमावर्ती क्षेत्रका ६ वटा पालिकाहरूले मङ्सिर १५ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको शिक्षण सिकाई क्रियाकलाप स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्ने निर्णय भएको हो ।

रङ्गेली नगरपालिकामा आज (मंगलबार) बसेको बैठकले रतुवामाई नगरपालिका, सुनबर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, कटहरी गाउँपालिका र जहदा गाउँपालिकाकाले यस्तो निर्णय गरेका हुन् । बैठकमा ती सबै स्थानीय तहका प्रमुख , प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुखहरू सहभागी थिए ।

विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाउँदै, सामाजिक दुरि कायम गरेर विद्यालय व्यवस्थापन समिति , अभिभावक समेतसँग छलफल गरि विद्यालय सञ्चालन गर्ने निर्णय भएको हो । बैठकद्वारा ५ कक्षासम्म सञ्चालित विद्यालयहरु एक सिफ्ट र ६ कक्षा देखि १२ कक्षासम्म संचालित विद्यालय २ सिफ्ट्मा गरेर सञ्चालन गर्ने निर्णय गरेको रतुवामाइ नगरपालिकाका प्रमुख रविन राईले जानकारी दिनुभयो ।

मङ्गलबार, ०९ मंसिर, २०७७, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर