विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३–३, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको दमकमा ४९, मेचीनगरमा ९, कनकाईमा ८, भद्रपुरमा ६, विर्तामोडमा ५, अर्जुनधारामा ४, कमल गाउँपालिका, कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, हल्बिारी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ । यस्तै सुनसरीको इटहरी र धरानमा २०–२०, बराहक्षेत्रमा ४, बर्जुमा ३, इनरुवामा २, रामधुनी र भोक्राहानरसिंहमा १–१, मोरङको विराटनगरमा २४, बेलबारी, रंगेली र सुन्दरहरैचामा २–२, पथरीशनिश्चरे, बुढीगंगा, लेटाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता संखुवासभाको चैनपुरमा १, मकालुमा १०, ताप्लेजुङको फुङलिङमा ९, पाथीभरा याङवरकमा १, खोटाङको खोटेहाङमा ४, इलामको इलाम नगरपालिकामा २, स्थानीय तह नखुलेका १ जना संक्रमित भेटिएका छन् । यसैगरि उदयपुरको त्रियुगामा २, चौदण्डीगढीमा १, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र चौविसेमा १–१, ते¥हथुमको लालीगुराँसमा १, भोजपुरको आमचोकमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ५१८ पुगेको छ ।
प्रदेशबाट सोमबार कोरोनामुक्त भई ९१ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ८७, मेची अस्पतालबाट ३ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ९९० पुगेको छ ।
प्रदेशमा सोमबार ९८५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ८० महिला र १४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८४ हजार ३९९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।