विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको टोली विराटनगर आइपुगेको छ ।
ताप्लेजुङको घुन्सामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेर इलाम जौबारीका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण त्यहाँ बस्न नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरिएको हो ।
प्रधानमन्त्री केही बेरअघि विराटनगर विमानस्थलमा आइपुग्नु भएपनि उहाँ हेलिकप्टरबाट झर्नुभएको छैन । पर्यटन मन्त्री योगश भट्टराई, सुभाष नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतका नेताहरु भने विशिष्ट कक्षमा रहनुभएको छ । इन्धन भर्नका लागि मात्र विराटनगर विमानस्थलमा हेलिकप्टर अवतरण गरिएको बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले रिफिलिङ्गका लागि मात्र विराटगनर विमानस्थलमा आइपुगेको र यहाँ कुनै कार्यक्रम नरहेको बताउनुभएको छ । उहाँले केही बेरपछि नै काठमाण्डौ फर्किने कार्यक्रम रहेको जानकारी दिनुभयो ।