प्रदेश १ः ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट २९४, जिल्ला अस्पताल धनकुटाबाट ९ र विराट मेडिकल कलेजबाट ८ जना डिस्चार्ज भएका हुन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८९९ पुगेको छ ।

प्रदेशमा आइतबार २१४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७३, सुनसरीमा ५३, झापामा ५०, संखुवासभा र इलाममा ६–६, खोटाङमा ३ , उदयपुरमा २, धनकुटा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ३४, सुन्दरहरैचामा १३, रंगेलीमा ६, पथरीशनिरेमा ५, सुनबर्षी र मिक्लाजुङमा ३–३, बुढीगंगा र उर्लाबारीमा २–२, लेटाङ, रतुवामाई, कानेपोखरी, बेलबारी र धनपालथानमा १–१ जना संक्रमित भेटिएका छन् । यस्तै सुनसरीको इटहरीमा ३६, धरानमा ६, बराहक्षेत्रमा ४, भोक्राहानरसिंह, इनरुवा, रामधुनी, देवानगञ्ज र दुहवीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा १२, भद्रपुरमा ८, कमल गाउँपालिकामा ७, शिवसताक्षी र अर्जुनधारामा ५–५, विर्तामोड र मेचीनगरमा ४–४, गौरादह र कनकाईमा २–२, गौरीगञ्जमा १, संखुवासभाको खाँदबारीमा ५ र सभापोखरीमा १, इलामको इलाम नगरपालिकामा ६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी, खोटेहाङ र साकेलमा १–१ जनामा संक्रमण देखिएको छ । यसैगरि, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार २९० पुगेको छ ।

प्रदेशमा आइतबार ८०७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७८ महिला र १३६ पुरुषका रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८३ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबार, ०७ मंसिर, २०७७, साँझको ०६:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर