प्रेमको संगीत मोह: लक्ष्य संगीतमै विद्यावारिधि 

विराटनगर । मोरङ सुन्दरहरैंचा–५ लाटीझोडा घर भएका प्रेम घिमिरेको रुची सानैदेखि संगीतमा थियो । सोही कारण संगीत सिक्न र स्थापित हुन भन्दै २०६५ सालमा काठमाडौं हानिए । ०६५ सालमा एसएलसी दिएपछि उनी काठमाडौंमा उच्च शिक्षा हासिल गर्न गएका थिए ।

कलाकारिता क्षेत्रमा लागेर आफ्नो छुट्टै पहिचान बनाउन उनले हाल संगीत क्षेत्रबाटै उच्च शिक्षा हासिल गरेका छन् । प्रेमले टियू अन्र्तगतको ललितकला क्याम्पसबाट मास्टर उत्तीर्ण गरेका छन् । साथै उनका संगीतका गुरूहरू शिवराज पौडेल, विष्णु आचार्य, चन्दन कुमार श्रेष्ठसँग संगीतको शिक्षा हासिल गरेका छन् ।

सानैदेखिको संगीतप्रति रूची राख्ने घिमिरे २०६५ सालदेखि यो क्षेत्रमा लागि परेका हुन् । २७ वर्षीय प्रेमले पहिलो गीत २०७३ सालमा गाएका थिए । शब्द र स्वर उनको रहेको ‘पूर्वेली ठिटी…’ बोलको गीतबाट संगीत क्षेत्रमा डेब्यू गरेका हुन् । पूर्वेली ठिटी बोलको भ्यूजिक भिडियोमा चर्चित मोडल एलिसा राई र किरण कुमार भूजेलले अभिनय गरेका छन् ।

डेब्यू गीतले दर्शक, स्रोताले मन पराइदिएपछि उनलाई संगीत क्षेत्रमा अगाडि बढ्न थप अवसर जु¥यो । पहिलो गीत स्रोताहरूले रूचाइदिएपछि दोस्रो गीत ‘मेरी कान्छी…’ बोलको गीत बजारमा ल्याए । दोस्रो गीत पनि स्रोता, दर्शकले मनपराइ दिएपछि उनलाई संगीत क्षेत्रमा थप हौसला प्रदान ग¥यो । त्यसलगतै उनले विभिन्न गीतहरूमा संगीत भरेका छन् ।

प्रेमले हालसम्म दुई दर्जन बढी गीतहरूमा संगीत भर्नुको साथै एक दर्जन गीत पनि गाएका छन् । ‘पढाईसँगै संगीत क्षेत्रमा लागी परेपछि चर्चित कलाकारको गीतमा संगीत भर्ने अवसर जु¥यो,’ उनले अतितको दिन सम्झँदै भने, ‘दैनिक जसो गीतहरूमा संगीत भर्ने अवसर प्राप्त भयो ।’ स्वर, संगीत सँगै उनले नवप्रवेशी कलाकारहरूलाई प्रशिक्षण पनि दिँदै आएका छन् । संगीत विषयमा डिग्री लिएपछि उनले काठमाडौंस्थित जिनियस म्यूजिक कम्पनीमार्फत् संचालन भएको संगीत विद्यालयमा संगीत सिकाउँदै पनि आएका छन् ।

संगीत क्षेत्रमै विद्यावारिधि गर्ने लक्ष्य लिएका प्रेमले राजनीति र दर्शनको पनि आफैं अध्ययन गरिरहेका छन् । ‘नेपाली संगीतको क्षेत्रलाई अगाडि बढाउन निरन्तर संघर्ष गर्ने मेरो लक्ष्य छ,’ उनले भने । उनले आफ्नो कमाइबाट केही प्रतिशत रकम छुट्याएर सामाजिक सेवा गर्ने लक्ष्य पनि राखेका छन् ।

कामको खाँचो छैन

नेपालीमा एउटा आहान छ ‘खाने मुखलाई जुँगाले छेक्दैन’ । विश्वव्यापी कोरोना संक्रमणको महामारीले हाल हरेक क्षेत्र प्रभावित छ । संगीत क्षेत्र पनि प्रभावित नहुने कुरै भएन । तर, एक दशक अगाडिदेखि संगीत क्षेत्रमा लागेका गायक तथा संगीतकार प्रेम घिमिरे यही समयमा पनि व्यस्त छन् । उनले यो लकडाउनको समयमात्रै थुप्रै गीत बजारमा ल्याएका छन् । असोज महिनामा मात्रै प्रेमले आधा दर्जन बढी गीतमा संगीत भरेका छन् । बजारमा आएको गीतको रेस्पोन्स राम्रो आएको उनले सुनाए ।

‘लकडाउनको समयलाई मैले राम्रो सदुपयोग गर्न भ्याएँ,’ उनले भने, ‘लकडाउनको अवधिमा थुप्रै गीत रेकर्डिङ भएपनि मेरो संगीत रहेको आधा दर्जन बढी गीतको म्यूजिक भिडियो बजारमा ल्याएको छु । अहिले स्रोता, दर्शकबाट राम्रो प्रतिक्रिया आउन थालेको छ ।’ उनले लकडाउनको समयमा ‘हासेर बोली देउ.., ए झ्याउरी…, तातो समाचार, ठगीएको भाग्य…, ट्राफिक हाम्रो साथी.., माया लाग्छ नेपालको…लगायतको बोलका गीतमा प्रेमले संगीत दिएका छन् । उक्त गीतहरूमा चर्चित गायक÷गायिकाहरूको स्बर छ । म्यूजिक भिडियो समेत बनेको गीतहरूको अहिले युटुब, टिकटक र सामाजिक सञ्जालहरूमा धेरैले मन पराएका छन् ।

उनले संगीत भरेको ‘कान्छी मट्याङ्ग ट्याङ्ग.. बोलको गीतको म्यूजिक भिडियो पनि चाँडै बजारमा ल्याउने तयारी गरेका छन् । सो गीतमा गायक किरण भूजेल र गायिका ऐलिना चौहानले स्वर दिएका छन् । भिडियोमा किरण र एलिनाको साथमा अहिलेको व्यस्त मोडल श्रेया सिटौला, अजय श्रीको रोमान्स देखिनेछ । गीतको छायाङ्कनको तयारी हुँदै गरेकोले मंसिर महिना भित्रमा बजारमा ल्याउने तयारीमा आफूहरु रहेको प्रेमको भनाइ छ ।

अहिले जन्मथलोमा आएका प्रेमले आफ्नो स्वर रहेको ‘मनका कुरा (पूर्वेली ठिटि २).. बोलको गीतको म्यूजिक भिडियोको छायाङ्कन गर्ने तयारीमा जुटेका छन् । सो गीतको म्यूजिक भिडियोमा प्रेम आफैले अभियन गर्ने भएका छन् । प्रेमलाई मनका कुरा (पूर्वेली ठिटि २) गीतको म्यूजिक भिडियोमा मोडल सन्जिता पन्चकोटीले साथ दिने भएकी छिन् । प्रेमले म्युजिक भिडियो बनाउन लागेको मनका कुरा (पूर्वेली ठिटि) बोलको गीत पार्ट २ हो । ‘डेब्यू गीतले दर्शक, स्रोताले अत्याधिक रूचाउनुको साथै संगीत क्षेत्रमा पहिचान गराएकोले पाट २ फेरी पनि आफ्नो जन्मथलोमा आएर बनाउन लागेको हो,’ उनले भने ।

आइतबार, ०७ मंसिर, २०७७, दिउँसोको १२:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर