उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन

विराटनगर । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि शनिबार विहान छठ पर्व समापन भएको छ ।

शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका ब्रतालुले शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरेका हुन् ।

हरेक वर्ष नदि, तलाई र पोखरीलाई झकिझकाउ बनाएर मनाइने यो पर्व कोरोना भाइरसको महामारीका कारण सामान्य ढंगले सम्पन्न भएको छ । विराटनगरमा विभिन्न खोला किनारका घाटमा थोरै मात्र सर्वसाधारणको उपस्थिति रहेको थियो । धेरैले भने आफ्नो घरको आँगननमा कृत्रिम पोखरी बनाएर छठ पर्व मनाएका छन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरेको थियो । कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ ।

छठ पर्व विशेषगरी नेपालको मध्य र पूर्वी तराईमा मनाईने गरिएको भएपनि पछिल्लो समयमा काठमाडौं र पहाडमा पनि यो पर्व मनाउन थालिएको छ ।

शनिबार, ०६ मंसिर, २०७७, बिहानको ११:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर