कानेपोखरी । मोरङ कानेपोखरी–२ पाँचपोखरी कि ३४ वर्षीया निरु परियारले आफ्नो दुवै मृगौला फेल भएको भन्दै थप उपचारका लागि आर्थिक सहयोगको याचना गरेकी छन् ।
हप्ताका ३ पटक नियमित डाईलाशिस गराउँदै आएकी परियारको आर्थिक अवस्था कमजोर रहेकाले थप उपचारका लागि सहयोगका लागि गुहार मागेको बताइन् ।
उनको श्रीमान र एक छोरा छन् । श्रीमान् पनि मानसिक रोगी रहेकोले काम गरेरे आर्थिक उपार्जन गर्ने मान्छे कोहि नभएको उनले बताइन् ।
सम्पत्तिको नाममा रहेको जमिन पनि स्थानीय चिसाङ खोलाले कटान गरेकाले निरुको परिवार अहिले घरबिहीन अवस्थामा रहेको छ ।
निरुलाई आर्थिक सहयोग गर्न चाहने सहयोगी हातहरूका लागि एनआइसि एसिया बैंकको खाता नं. D385987511852401 सार्वजनिक गरिएको छ साथै निरुसँग प्रत्यक्ष सम्पर्क गरेर सहयोग गर्नको लागि मोबाईल नं. 9811085125 पनि सार्वजनिक गरिएको छ ।