पूर्वसांसद लिम्बूको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । राष्ट्रियसभाका पूर्वसांसद, राजनीतिकर्मी एवं समाजसेवी इन्द्रहाङ लिम्बूको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

सुनसरीको धरान १८ निवासी ९२ वर्षीय पूर्वसांसद लिम्बूको बिहीबार बिहान निधन भएको हो ।

कोरोना संक्रमण भएका लिम्बूको होम आइसोलेसनमा निधन भएको धरान उपमहानगरपालिकाले जनाएको छ । धरान १८ का वडाध्यक्ष प्रवीण राईका अनुसार लिम्बूमा अन्य दीर्घरोगहरु पनि थियो ।

आइतबार स्वास्थ्यमा थप समस्या देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेर फर्काइको थियो । उनको सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय लिम्बू जनमुक्ति पार्टी, नेकपा माओवादी हुँदै पुनः कांग्रेसमा नै फर्किएका थिए ।

कार्तिक २७, २०७७, दिउँसोको १२:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर