शिलप्याक कमजोर हुँदा कोशी ग्याँसमा उपभोक्ता ठगी

विराटनगर । कोशी ग्यास उद्योगको सिलिन्डरमा नाम मात्रको प्लाष्टिक ¥यापिङ्ग ‘शिलप्याक’ भएकोले त्यसबाट ग्यास चोरी हुँदा उपभोक्ताहरू ठगीमा पर्ने गरेको पाइएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका–४ निमुवामा उद्योग रहेको कोशी ग्यासले पुरानो शिल ¥यापिङ्ग हटाएर अहिले बजारमा पठाउँदै आएको सिलिन्डरमा कमजोर प्लाष्टिक ¥यापिङ्ग शिलप्याक राखेकोले उपभोक्ताहरू ठगीमा परेका हुन् ।

गत बिहीबार विराटनगर–२ तीनपैनी चौकका उपभोक्ता रतनकुमार बर्माले खरिद गरेको कोशी ग्यासको शिलप्याक गरिएको सिलिन्डरमा ३ केजी ३ सय ग्राम कम तौल भेटिएको थियो । अटोमा सिलिण्डर डुलाउनेसँग खरिद गरिएकोमा ग्यासको तोल कम भएको आशंकामा तौल लिँदा कम भेटिएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा आइतबार उद्योगमा अनुगमन भएको थियो ।

अनुगमनमा सिलिन्डरको शिलप्याक गरिएको ¥यापिङ्ग कमजोर भएकोले उपभोक्ताहरू ठगीमा परेको तथ्य फेला पारेको हो । ‘उद्योगले बजार पठाएको कोशी ग्यासको सिलिन्डरको शिलप्याक गरिएको ¥यापिङ्ग कमजोर भेटिएको छ,’ वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले भन्नुभयो, ‘शिलप्याक गरिएको सिलिन्डरबाट विक्रेता (भेन्ड्रस) अथवा गिरोहले सजिल्लै रूपमा ग्यास झिक्न वा प्रयोग गर्न सक्ने देखिएकोले तत्काल सुधार गर्न उद्योगलाई निर्देशन दिएका छौं ।’ प्रमुख पोखरेलका अनुसार कार्यालयले उद्योगलाई सिलिन्डरको कमजोर रहेको शिलप्याक ¥यापिङ्ग १५ दिनभित्रमा सुधार गर्न निर्देशन दिएको छ ।

उद्योगले डिलरलाई बिक्री गरेको ग्यास मनपरी वितरण हुने गरेको पाइएको छ । उद्योगले डिलरलाई बिक्री गरेको ग्यास उपभोक्तामा जानुपर्नेम डिलरले अनाधिकृत बिचौलियालाई सिलिण्डर बिक्री गर्दा उपभोक्ताहरू ठगीमा पर्ने गरेका छन् ।

बर्माले खरिद गरेको भरेको सिलिण्डरको तौल २९ किलो ६ सय ग्राम हुनुपर्नेमा २६ किलो ३ सय ग्राम मात्र भएको पाइएको थियो । कोशी ग्यास सिलिन्डरको शिलप्याक कमजोर हुँदाको फाइदा डुलाउने र बिक्रेताले बद्मासी गरेको निष्कर्ष निकालेपछि वाणिज्य कार्यालयले उद्योगलाई डिलरबाहेक अन्यलाई ग्यासको बिक्री वितरण नगर्न पनि निदर्नेशन दिएको छ ।

उद्योगले अहिले दैनिक ७ देखि ८ हजार कोशी ग्यासको सिलिन्डर उत्पादन गरिरहेको छ । देशभरीमा ३ सय ९६ वटा डिलर रहेको उद्योगका विराटनगरमा मात्र ३२ वटा डिलर छन् । उद्योगका प्रबन्धक सचितकुमार उपाध्ययले नापतौल तथा गुणस्तर कार्यालयले स्वीकृत अनुसार सिलिन्डरको शिल प्याकमा प्लाष्टिकको ¥यापिङ्ग गरिएको जानकारी दिनुभयो ।

‘सरकारले स्वीकृति दिएपछि तोकिएको मापदण्ड अनुसार सिलिन्डरको शिलप्याक गरि ¥यापिङ्ग गरिएको हो’ उपाध्यायले भन्नुभयो, ‘अहिले शिलप्याकको विषयमा गुनासो आएको छ । ग्यासको चोरी हुन नदिन अब मजवुत खालको शिलप्याकमा ¥यापिङ्ग गरिनेछ ।’ अटमेटिक प्लान्ट भएकोले कम्पनीबाट कम तौलका ग्यास बजारमा नजाने गरेको दाबी गरेका छन् ।

कार्तिक २५, २०७७, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर