बालकसहित दुई संक्रमितको बीपीमा मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारीका १४ वर्षीय बालकको शुक्रबार बिहान ९ः५० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

विराटनगरको नोबेल शिक्षण अस्पतालले रेफर गरेपछि बालकलाई कात्तिक १६ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । बालकमा कात्तिक १२ गते कोरोना देखिएको थियो ।

त्यस्तै सुनसरीको धरान–१२ की ७८ वर्षीया वृद्धा महिलाको पनि उपचारका क्रममा बिहीबार राति ११ बजेतिर प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको छ । वृद्धामा बिहीबार नै कोरोना पुष्टि भएको थियो ।

शुक्रबार, २१ कार्तिक, २०७७, दिउँसोको ०२:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर