लोड हुँदैछ...

मेनु

कोरोना लागेर घरमै बसेको प्रमाणित गर्न महानगरलाई शुल्क तिर्नुपर्ने

कोरोना लागेर घरमै बसेको प्रमाणित गर्न महानगरलाई शुल्क तिर्नुपर्ने

विराटनगर । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेको प्रमाणित गर्न विराटनगर महानगरपालिकाले शुल्क लिन थालेको छ ।

संक्रमितलाई घरमै बसेको प्रमाणित गर्न महानगरले ५१० रुपैयाँ शुल्क लिन थालेको हो ।

संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकाले बिमा र कार्यालयमा बिदा प्रयोजनका लागि वडा कार्यालयको सिफारिस माग्ने गरेका छन । पहिले यस्तो शुल्क नलिएको महानगरले पछिल्लो पटक सबै वडा कार्यालयमा परिपत्र गरि शुल्क लिन भनेको छ ।

महानगरको निर्देशन गलत रहेको भन्दै केही वडाले भने शुल्क उठाएका छैनन । बिमा प्रयोजनाका लागि सिफारिस दिनुपर्ने भएकाले शुल्क लिन थालेको विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले बताउनुभयो ।

महानगरपालिकाले होम आइसोलेसनमा बसेको प्रमाणित गर्दा ‘अन्य सिफारिस शीर्षक’मा ५०० रुपैयाँ र निवेदन दस्तुरका लागि १० रुपैयाँ लिन थालेको छ ।

4 प्रतिक्रियाहरू

4 प्रतिक्रियाहरू

Nirmala Subedi
November 4, 2020 4:47 PM

यो सरासर गलत हो।किन माहानगरले यस्तो निर्णय लिन बाध्य भयो???,,

Chandrakant das
November 4, 2020 5:09 PM

Sthaniya Sarkar le pidit lai seva ra subhida uplabdha garaunu ko satta Sulla uthaunu khedjanak ra nindniy Katy gareko le yasta kary ko birodh garou.

Anil kr shah
November 4, 2020 6:16 PM

Yo kadabi galat ho. Quartine ma basda manxai ko kharcha badaiko hunxa ra rahat ko nimti siparish ma pani Sarkar ko dastur…Tesmati dastur bamojim premium ni dherai…..

राम लखन ठाकुर
November 4, 2020 7:25 PM

पालिका ले राहत दिने ठाउँमा सिफारिस शुल्क लिनु उचित होइन, सर्व साधारण जनतालाई सहज हुने वातावरण बनाई दिनुपर्छ।

प्रतिक्रियाहरू बन्द छन्।