विराटनगर । मोरङको केराबारी गाउँपालिका– ६ स्थित भूपेन्द्र भट्टराईले संचालन गरेको कालिज पालन गर्ने कृषी फर्मलाई जुवाजन्य गतिबिधीको अखडा बनाएर तास खेल्ने गरेको पाइएको छ ।
कालिज कृषि फर्मभित्र व्यवस्थित रूपमा तास खेलिरहेको अवस्थामा प्रहरीले फर्मको संचालकसहित पाँच जना जुवाडेलाई शनिबार राती पक्राउ गरेको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङ प्रहरी र इप्रका बेलबारीका प्रहरी टोलीले फर्ममा छामा मारेर ८ लाख ९९ हजार २ सय ५० रुपैयाँ सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले जानकारी दिनुभयो । प्रहरीले उनीहरूको साथबाट ८ लाख भन्दा बढि नगद रुपैयाँ पनि बरामद गरेको छ ।
संचालक भट्टराईले धरानदेखि मानिस बोलाएर आफ्नो फर्ममा तास खेल्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा कालिज फर्म संचालक मोरङ केराबारी गाउँपालिका ६ का ६० वर्षिय भुपेन्द्र भट्टराई, सोही ठाउँका ४३ वर्षिय बोधराज मगर, सुनसरी धरान उप महानगरपालिका १५ का ३६ वर्षिय अरूण केसी, धरान ६ का ३६ वर्षिय हरी खत्री, धरान १५ का ३८ वर्षिय शैलेस भुजेललाई प्रहरीले पक्राउ गरेको डिएसपी राईले बताउनुभयो ।
प्रहरीले २ थान स्कुटी २ थान मोटसाइकल पनि बरामद गरेको छ ।