इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाद्वारा इटहरीको लविपुर, पकली र कान्छीचौकमा बजार अनुगमन गरि म्याद नाघेका समाग्री बरामद गरिएको छ ।

उपभोक्ता हित संरक्षण समितिको संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा ८ वटा किराना पसलमा अनुगमन गर्दा चार वटा पसलमा म्याद गुज्रिएका समान भेटिएको छ ।

मसला, तेल, सुजी, सस, वेसन, कोदोको पीठो, वेसार, फुडकलर, हर्लिक्स र चियापत्तीको म्याद गुज्रिएको पाइएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भट्टराईले जानकारी दिनुभयो । मूल्यसूची नराखेका, पसलको वोर्ड नराखेका, वर्षेनी नविकरण नगरेका पसलहरुलाई सुधार्न निर्देशन दिइएको छ ।

म्याद गुज्रिएका समान राख्ने छुट्टै ठाँउको ब्यवस्था गर्न र म्याद गुज्रिएका समान भनेर लेखेर टाँस्न भनिएको छ । इटहरीमा निरन्तर बजार अनुगमन भइरहेको छ । उपभोक्ताको हित र स्वास्थ्यलाई मध्यनजर गरेर अनुगमनलाई तीब्रता दिएको उपमेयर गौतमले जानकारी दिनुभयो ।