लोड हुँदैछ...

मेनु

बिराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

बिराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर। बिराटनगरका दुई अस्पतालमा दुई जना कोरोना भाइरस संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

बिराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर १२ का पुरुष र नोबेल मेडिकल कलेजमा विराटनगर ७ का पुरुषको मृत्यु भएको हो ।

शनिबार राति बिराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमित पुरुषको शनिबार राति १०ः५५ बजे मृत्यु भएको हो । ती पुरुषलाई असोज १३ गते कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै बिराटनगर ७ का ८६ वर्षीय पुरुषको नोबेल मेडिकल कलेजमा आइतबार विहान ९ बजे मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित रहेका उनलाई कोरोना देखिएपछि असोज २५ गते भर्ना गरिएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।