लोड हुँदैछ...

मेनु

बीपीमा एक संक्रमित पुरुषको मृत्यु

बीपीमा एक संक्रमित पुरुषको मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस संक्रमित पुरुषको आइतबार बिहान मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका –९ का ७९ वर्षीय वृद्धको बिहान ३ः०५ बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृतकमा मुटु सम्बन्धी पुरानै समस्या थियो । असोज २६ गते पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई २७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।