संखुवासभामा घरमै बसेका कोरोना संक्रमितको मृत्यु

संखुवासभा । संखुवासभाको धर्मदेवि शनिबार पहिलो पटक कोरोना संक्रमितको घरैमा मृत्यु भएको छ ।

धर्मदेवि नगरपालिकाका–३ का ७९ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।

कोरोना भाइरसका कारण शनिबार दिउँसो उनको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले जानकारी दिनुभयो ।  बिराटनगरबाट घर फर्किएका उनका छोरालाई संक्रमण देखिएपछि बुबाको पनि गत असोज २८ गते पीसीआर परीक्षण गरिएको थियो ।

बिहीबार आएको रिर्पाेटमा पौडेललाई कोरोना देखिएको थियो । संक्रमण देखिएपछि एम्बुलेन्स उनको घरमा गए पनि उनी आइसोलेसनमा जान मानेका थिएनन् ।

जिल्लामा हालसम्म १ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन् । अन्य संक्रमित खाँदबारीको आइसोलेसनमा रहेका छन् ।

शनिबार, ०१ कार्तिक, २०७७, साँझको ०६:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर