अनुसन्धानमा अब्बल प्रहरी निरीक्षक खनाल पुरस्कृत

विराटनगर । अपराध अनुसन्धानमा अब्बल कहलिएका प्रहरी निरीक्षक सरोज खनालले ‘उत्कृष्ट प्रहरी अनुसन्धानकर्ता पुरस्कार’ प्राप्त गरेका छन् ।

अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य सम्पाद गर्दै आएका खनाललाई ६५ औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार विराटनगरमा ‘उत्कृष्ट प्रहरी अनुसन्धानकर्ता पुरस्कार’ प्रदान गरिएको हो ।

अपराध अनुसन्धानमा अब्बल ठहरिएका खनाल हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत छन् । छोटो समयमा उनले सुनसरी प्रहरीमा जघन्य प्रकृतिका अपराधिक घटना सफल अनुसन्धान गरेको भन्दै देशभरीकै उत्कृष्ठ अनुसन्धानकर्ताको पुरस्कार प्राप्त गरेका हुन् ।

गत साउन २९ गते सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ५ निर्ममतापूर्वक हत्या गरेको घटनमा प्रहरी निरीक्षक खनालले सफलतापूर्वक अनुसन्धान गरेका थिए । गुणराज यादवलाई निर्ममतापूर्वक हत्या गरी सुनसरी खोलाको पानीमा प्लाष्टिकको बोराभित्र हातखुट्टा बाँधेर फ्याँक्ने दिनेश महतो, प्रदिपकुमार राम, पप्पु राम, शिवकुमार मेहता, दिपककुमार यादवलाई उनले पक्राउ गर्न सफल भएका थिए ।

मुद्दामा प्रतिवादीहरू अहिले पुर्पक्षको लागि थुनामा रहेका छन् । प्रहरी निरीक्षक खनालले अन्य थुप्रै घटनको सफल अनुसन्धान गरेको सुनसरी प्रहरीको अभिलेखमा देखिन्छ ।

अपहरण तथा शरीर बन्धक मुद्दाका ११ बर्ष कैद र नगद एक लाख रुपैयाँ जरिवाना ठहर भई फरार प्रतिवादीलाई प्रहरी निरीक्षक खनालले पक्राउ गरेका छन् । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ७ का बुदर भन्ने बिदुर यादवलाई भदौ ७ गते पक्राउ गरि अदालतमा बुझाएका छन् । प्रहरी निरीक्षक खनाल २०७४ देखि नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

शुक्रबार, ३० असोज, २०७७, साँझको ०७:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर