विराटनगर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बेला अग्रपंक्तिमा रहेर काम गर्ने समूहलाई नेपाल वैश्य युवा संघ मोरङले सम्मान गरेको छ ।
कोरोना माहामारीको बेला आफ्नो ज्यानको प्रवाह नगरी निरन्तर सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा समाजसेवी युवाहरुलाई बिहीबार विराटनगरमा सम्मान गरिएको हो ।
महामारीमा पनि आफ्नो ज्यानको प्रवाह नगरी स्वास्थ्य क्षेत्रमा अग्रपंक्तिमा रही कामलाई निरन्तरता दिँदै आएका डा.बालकृष्ण साह, डा.रामकुमार साह र डा.रुपेश गामीलाई संघले सम्म्मान गरेको छ । त्यसैगरी कोरोना माहामारीको बेला कोरोना संक्रमितको शव व्यवस्थापनमा सक्रिय युवाहरू सुयोग चापागाई, रविन कार्की, संजोग गौतम, अनुराग भण्डारी, ऋष्यदान शाक्य र विश्वमान थापालाई पनि संघले सम्मान गरेको छ ।
महामारीको बेला सक्रिय रहेका सञ्चारकर्मीहरु प्रेम देवान, पदम सरदार र विरेन्द्रकुमार साहलाई पनि संघले सम्मान गरेको छ । सम्मानित हुने सबैलाई विराटनगर महानगरपालीकाका मेयर भीम पराजुली, युवा नेता राजेश गुप्ता, वैश्य युवा संघका अध्यक्ष गणेश साहले सम्मान गरेका थिए ।

