विर्तामोड । झापाको कनकाई–७ का २२ वर्षीय अभिषेक चौधरीको हत्या लागुऔषध गाँजा नदिएको कारण भएको खुलेको छ ।
गाँजा खान नपाएको झोकमा आफ्नै साथीले बञ्चरो प्रहार गरी उनको हत्या गरेको प्रहरीको हालसम्मको अनुसन्धानबाट खुलेको छ ।
बुधबार बिहान कनकाई–३ एकान्त टोलमा अभिषेक चौधरीको शव फेला परेको थियो । प्रहरीले हत्या आरोमा स्थानीय टल्के भनिने रविन राजवंशीलाई हत्या आरोपमा पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धान गर्ने क्रममा गाँजा खान नदिएको झोकमा हत्या गरिएको पाइएको छ । मृतक र आरोपी दुबै लागूऔषध दुव्र्यसनी हुन् ।
एसपी कोइरालाका अनुसार मृतकले रविनलाई १ सय रुपैयाँ दिएर गाँजा किन्न पठाएका थिए । किनेर ल्याएपछि मृतकले नदिने भन्दै विवाद झिकेपछि रविनलाई एक झापड हिर्काएको र त्यहि झोँकमा रविनले बञ्चरोले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले रविनलाई कनकाई–७ त्रिवेणी टोलबाट बुधबार राति पक्राउ गरेको थियो ।
भुँइमा बसेर लागुऔषध बनाइरहेका चौधरीलाई राजवंशीले पछाडिबाट बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा फेला परेका विभिन्न प्रमाणका आधारमा उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।