विराटनगर । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचारकेन्द्रमा उपचाररत सुनसरीको धरानका कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
धरान १५ घर भएका ६६ वर्षीय पुरुषको बुधबार राती ९ बजेतिर मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकृत आनन्द लामिछानेले जानकारी दिनुभयो ।
असोज २६ गते कोरोना पोजेटिभ देखिएका उनी होम आईसोलेसनमा थिए । स्वासप्रस्वासको समस्या भएपछी बुधबार नै उनलाई कोशी कोभिडमा भर्ना गरिएको थियो ।
मृतकमा मधुमेह, उच्च रक्तचाप र कोल्स्ट्रोलको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

