लोड हुँदैछ...

मेनु

बीपी कोभिड अस्पतालमा तेह्रथुमका संक्रमितको मृत्यु

बीपी कोभिड अस्पतालमा तेह्रथुमका संक्रमितको मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तेह्रथुमका कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

तेह्रथुम घर भएका ४९ वर्षीय पुरुषको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको हो ।

निमोनिया देखिएसँगै धनकुटा अस्पतालबाट रेफर भएका उनलाई असोज २५ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशीष श्रेष्ठले जानकारी दिनुभयो । उनमा असोज २६ गते गरिएको परीक्षणमा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।

बिरामीमा कुनै दीर्घरोग भए-नभएको बारेमा केही खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।