मोरङमा ५६४५ जनामा कोरोना, ५० जनाको मृत्यु

विराटनगर । कोरोना भाइरसको संक्रमणका बढिरहेको मोरङमा ज्यान गुमाउनको संख्या ५० पुगेको छ । मंगलबार थप तीन जनाको मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको हो ।

मोरङमा साउन १४ गते पहिलो पटक सुनवर्षि नगरपालिका–८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । त्यसयताको अबधिमा ३७ पुरुष र १३ जना महिलाले ज्यान गुमाएका छन् । मृतकमध्ये विराटनगर महानरपालिकाका ३० जना छन् ।

बुधबारसम्म कोरोना संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या ११३ पुगेको छ । मृतकमध्ये मोरङपछि सबैभन्दा धेरै सुनसरीका ३५ जना छन् । त्यस्तै, झापाका १० जना, धनकुटाका १ जना, उदयपुरका १ जना र ताप्लेजुङका १ जनाको मृत्यु भएको छ । कोरोनाबाट प्रदेशमा ज्यान गुमाएका १५ जना भने प्रदेश नं. २ घर भएका छन् ।

प्रदेश सरकारको १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा सबैभन्दा बढी संक्रमित पनि मोरङमै छन् । प्रदेश १ मा ११ हजार ६१५ जना कोरोना संक्रमित पुग्दा मोरङमा संक्रमितको संख्या ५ हजार ६४५ पुगेको छ । यस्तै सुनसरीमा ३ हजार ८२६, झापामा १ हजार १६०, उदयपुरमा १९२ र इलाममा ११३ जनामा संक्रमण देखिएको छ ।

यस्तै संखुवासभामा ९९, धनकुटामा ७१, तेह्रथुममा ३८, खोटाङमा ४२, भोजपुरमा ४१, पाँचथरमा ३५, ओखलढुंगामा ३४, ताप्लेजुङमा २५ र सोलुखुम्बुमा १० कोरोना संक्रमित छन् । संक्रमितमध्ये २८४ जना प्रदेश १ बाहिरका छन् ।

प्रदेश १ मा संक्रमितमध्ये ५ हजार १५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ४८७ छ ।

बिहिबार, २९ असोज, २०७७, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर