लोड हुँदैछ...

मेनु

मोरङका संक्रमित पुरुषको बिराटमा मृत्यु

मोरङका संक्रमित पुरुषको बिराटमा मृत्यु

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारीका कोरोना संक्रमित पुरुषको मंगलबार राती मृत्यु भएको छ ।

बुढीगङ्गास्थित विराट मेडिकल कलेजको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको कलेजका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिनुभयो ।

असोज १५ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका उनमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।