विराटनगर । विराटनगर महानगरपालिका– ७ हाटखोलाका ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

मोरङको बुढिगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजको आइसोलेसनमा उपचाररत पुरुषको मंगलबार विहान सोढ ११ः२० मा मृत्यु भएको हो ।

कोरोना संक्रमण भएपछि उनलाई असोज २१ गते विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनमा मिर्गौलासम्बन्धी पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

यसअघि मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका कोरोना भाइरस संक्रमित ४३ वर्षीय पुरुषको पनि सोही अस्पतालमा मृत्यु भएको थियो । उनको बिहान ८ः१० बजेतिर मृत्यु भएको हो ।

यस्तै कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा मंगलबार विहान नै बुढिगंगा गाउँपालिका ५ का ७१ वर्षीय पुरुषको मृत्यु भएको थियो । गत शनिबार कोरोना पुष्टि भएपछि उनलाई आइतबार उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।