विराटनगर । नेपाल सरकार र प्रदेश नंं. १ सरकारको संयुक्त आयोजनामा प्रदेश सुरक्षा गोष्ठि भर्चुअल माध्यमबाट मंगलबार सुरु भएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सुरु भएको गोष्ठिको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको छ ।

गोष्ठिको समापनमा गृहमन्त्री रामबहादुर थापाको विषेश सम्बोधन गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । गोष्ठिमा गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

सुरक्षा गोष्ठिमा प्रदेशका १४ वटै जिल्लाका जिल्ला सुरक्षा समिति, प्रदेश स्थित सुरक्षा निकायका प्रदेश प्रमुखहरुको उपस्थित रहेको छ।