धरान । सुनसरीको धरानमा कोरोना संक्रमितहरुको संख्या दिनहुँ उच्च दरमा वृद्धि भइरहेको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार सोमबार राति र मंगलबार बिहान आएको पिसिआर रिपोर्ट अनुसार १९७ जनालाई संक्रमण पुष्टि भएको हो ।

यो रिपोर्ट एन्फा एकेडेमी क्वारेन्टनाइनस्थल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकलन गरिएको स्वाब परिक्षणको आएको हो । योसँगै धरानमा कुल संक्रमितहरुको संख्या १ हजार ३ सय ७९ पुगेको छ ।

एन्फा एकेडेमीमा स्वाब लिइएकाहरूमध्ये १०४ जनामा संक्रमण देखिएको छ । जसमा ३ जनाले पुनः परीक्षण गराएका थिए ।