लोड हुँदैछ...

मेनु

मेयरमा कोरोना देखिएपछि नगरपालिका बन्द

मेयरमा कोरोना देखिएपछि नगरपालिका बन्द

उर्लाबारी । नगरप्रमुख खड्ग फागोसहित कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि मोरङको उर्लाबारी नगरपालिकाको सबै सेवा सोमबारबाट बन्द गरिएको छ ।

मेयर फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान गरिँदै आएका सेवा बन्द गरिएको हो ।

मेयर फागोसहित संक्रमित कर्मचारीको सम्पर्कमा रहेका जनप्रतिनिधि र अरु कर्मचारीको पीसीआर परीक्षण गराउनुपर्ने भएकाले रिपोर्ट नआएसम्म सेवा बन्द नै रहने नगरपालिकाले जनाएको छ । फागोका अनुसार पीसीआर परीक्षणका लागि अरु कर्मचारी र जनप्रतिनिधिको स्वाब संकलन सुरु गरिएको छ ।

पाँच दिनअघि फागोका सवारी चालक इन्द्र आपागाईंमा कोरोना पुष्टि भएको थियो । त्यसपछि होम क्वारेन्टाइनमा बसेका नगर प्रमुख फागो र नगर स्वास्थ्य शाखा संयोजक सुरेश खड्कालाई पनि कोरोना देखिएको छ ।

फागोले कार्यालयहरु बन्द गरिएपछि सेवाग्राहीमा असुविधा पर्न सक्नेभन्दै कम्तीमा तीन दिनसम्म सेवा प्रवाह गर्न नसकिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।