लोड हुँदैछ...

मेनु

विराटनगरमा थप १९० जनामा कोरोना संक्रमण

विराटनगरमा थप १९० जनामा कोरोना संक्रमण

विराटनगर । विराटनगर महानगरपालिकामा पछिल्लो २४ घण्टामा थप १९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रदेश सरकारको समाजिक विकास मन्त्रालयका अनुसार थप ८९ महिला र १०१ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै महानगरमा कोरोना संक्रमितको संख्या ३ हजार ६८४ पुगेको छ । महानगरमा अहिलेसम्म कोरोना संक्रमणबाट २४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।