इटहरी । छिमेकीको खुकुरी प्रहारबाट घाइते भएका सुनसरीको इनरुवा ८ का ६५ वर्षीय वृद्ध चन्द्रबहादुर कोइरालाको मृत्यु भएको छ ।
छिमेकी बलबहादुर खड्काले असोज ३ गते साँझ खुकुरी प्रहार गर्दा कोइराला गम्भीर घाइते भएका थिए ।
बिराट नर्सिङ होममा उपचारपछि केहि दिनअघि घर ल्याइएका कोइरालाको शनिबार मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । आपसी विवाद हुँदा आवेगमा आएका खड्काले घरबाट खुकुरी ल्याएर वृद्धमाथि अन्धाधुन्द प्रहार गरेका थिए ।
त्यसक्रममा बृद्धको खुट्टा सहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । खुकुरी प्रहारको क्रममा श्रीमानलाई जोगाउन पुगेकी कोइरालाकी पत्नीसमेत घाइते हुन पुगेकी थिइन् । घटनामा संलग्न खड्लाई तत्कालै नियन्त्रणमा लिएको प्रहरीले त्यसलगत्तै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कार्वाहीको प्रक्रिया अघि बढाएको थियो ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।