लोड हुँदैछ...

मेनु

धरानमा थप १३५ जनामा कोरोना संक्रमण

धरानमा थप १३५ जनामा कोरोना संक्रमण

धरान । सुनसरीको धरानमा शनिबार बिहान आएको रिपोर्टमा १३५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार सञ्चारकर्मी, धरान उपमहानगरपालिकाका कर्मचारी, अधिकारकर्मी र बीपी प्रतिष्ठानका सहित १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै धरानमा कोरोना सङ्क्रमण हुनेको कुल सङ्ख्या ११ सय पुगेको छ । धरानमा यसअघि विभिन्न निश्चित स्थानहरू मात्रै कोरोनाको हटस्पट बनेका थिए भने अहिले पछिल्लो समय धरान पुरै कोरोनाको हटस्पट बनेको छ ।

धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या यस्तै गतिमा बढेमा धरानमा ठुलो समस्या सिर्जना हुनसक्ने भयावह बन्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।