खोटाङ । खोटाङको दिक्तेल सोल्माका एक व्यक्तिले आफ्नै श्रीमातिको हत्या गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका ४२ वर्षीय छत्रबहादुर गिरीको कुटाईबाट उनकी ४० वर्षीया श्रीमती ज्ञानकुमारी गिरीको मृत्यु भएको हो ।
शुक्रबार बिहान श्रीमान्को कुटाईबाट घाइते भएकी गिरीको दिक्तेल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको थियो । उनको बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।
उनको हलेसी तुवाचुङ नगरपालिकाको कदुवा पुगेपछि मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनालगत्तै फरार गिरीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।