भट्टराई ‘नाट्टाको’ वरिष्ठ उपाध्यक्ष चयन

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश नं. १ को वरिष्ठ उपाध्यक्षमा विराटनगरका युवा व्यवसायी पुण्यप्रसाद भट्टराई चयन हुनुभएको छ ।

झापाको विर्तामोडमा शनिबार सम्पन्न भएको ९ औं वार्षिक साधरणसभाले भट्टराईलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो ।

भट्टराईको विराटनगरमा इस्टर्न एसिया टा«भल रहेको छ । नाट्टाको प्रदेश अध्यक्षमा उदयकुमार श्रेष्ठ, उपाध्यक्षमा ऋषिराज तिम्सिना, महासचिबमा नविन खरेल, सचिबमा सुरेन्द्रप्रसाद पौडेल र कोषाध्यक्षमा सजीत तामाङ्ग चुनिएका छन् ।

समितिको अन्य सदस्यहरूमा जीवन पराजुली, मनरथ सिलवाल, धर्मराज शिवकोटी र चक्रबहादुर कार्की चयन भएका छन् । निर्वाचित भएका पदाधिकारीहरूलाई निर्वाचन संयोजक तथा अधिवक्ता तेजप्रसाद कट्टेल, नाट्टाका केन्द्रीय सदस्य तथा निर्वाचन समितिको सदस्य हरिकुमार श्रेष्ठ र निर्वाचन समिति सदस्य हिमाल खरेलले प्रमाण पत्र वितरण गर्नुभएको थियो । प्रदेश १ मा नाट्टाका ५३ जना सदस्य रहेका छन् ।

शनिबार, १७ असोज, २०७७, साँझको ०५:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर