भारतमा कोरोनाबाट एक लाखको मृत्यु

विराटनगर । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनकेो संख्या एक लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ८७३ पुगेको हो ।

भारतमा पछिल्लो २४ घण्टामा ७९ हजार जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७१ हजार पुगेको छ ।

कोरोना संक्रमणको सूचीको पहिलो नम्बरमा रहेको अमेरिकामा ७५ लाख ४९ हजार कोरोना संक्रमित छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ५१ हजारमा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमितको संख्याका आधारमा तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ४८ लाख ८२ हजार पुगेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा ३३ हजार संक्रमित थपिएका थिए । संक्रमित मध्ये १ लाख ४५ हजारको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४८ लाख १७ हजार ६१० पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ३३८ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १० लाख ३२ हजारको मृत्यु भएको छ । (एजेन्सी)

शनिबार, १७ असोज, २०७७, बिहानको ११:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर