अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमति मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

ट्रम्पले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्।

यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो। नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कोरोनाको कारण क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

ट्रम्पलाई कोरोना संक्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुनेछ। यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, ब्राजिल राष्ट्रपति जैर बोल्सोनारोलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। (एजेन्सी)

शुक्रबार, १६ असोज, २०७७, बिहानको ११:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर