विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा १५७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०२, सुनसरीमा ४०, झापामा ९,उदयपुर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ७६ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २८ महिला र ४८ पुरुष छन् । मोरङको बुढीगंगामा ४ महिला र १० पुरुष, कटहरीमा ४ महिला र ७ पुरुष, कानेपोखरीमा १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको धरानमा ५ महिला र १३ पुरुष, इटहरीमा ५ महिला र १० पुरुष, इनरुवामा १ महिला र १ पुरुष, बराहक्षेत्रमा १ महिला, दुहवी तथा हरिनगरमा १–१ पुरुष र स्थानीय तह नखुलेका २ पुरुषमा कोरोना देखिएको छ । यसैगरी झापाको विर्तामोडमा २ महिला र १ पुरुष, मेचीनगरमा २ पुरुष, भद्रपुरमा १ महिला र १ पुरुष, कचनकवल र स्थानीय तह नखुलेका १–१ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, ओखलढुङ्गामा १ महिला, प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७९८ पुगेको छ । बुधबार कोरोनामुक्त भएर ५३ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट २९, विराट मेडिकल कलेजबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, मेची अस्पताल र होटल एसियाटिक आईसोलेसनबाट ५–५, न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ९८ पुगेको छ ।
प्रदेश १ मा बुधबार ९७१ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म १ लाख २३ हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।