लोड हुँदैछ...

मेनु

विरामीका कुरुवालाई खाना खुवाउँदै लायन्स

विरामीका कुरुवालाई खाना खुवाउँदै लायन्स

विराटनगर । कोशी अस्पतालविराटनगरमा उपचारारत विरामीका कुरुवालाई लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनललेसाँझको खाना खुवाउन थालेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीबीच विभिन्न रोग लिएर अस्पताल भर्ना भएका विरामीका कुरुवालाई लक्षित गरिखाना खुवाउन थालिएको क्लवका संस्थापक अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिनुभयो ।

क्लबले दशैंकोघटस्थापनासम्म दैनिक सय जनालाई साँझको एक छाक खाना खुवाउने तयारी गरेको हो । अस्पतालसँगकोसहकार्यमा हरेक दिन साँझ विरामीको खाना खाने समयमा नै कुरुवालाई पनि खाना वितरण गरिनेछ ।

निःशुल्क खुवाइने खाना विपन्न र अप्ठ्यारोमा परेका कुरुवाप्रति लक्षित रहेको डाक्टर साहले बताउनुभयो । खाना रोयलविरयानी हाउस विराटनगरमा तयार पारिएको हो ।  गुणस्तरीय र स्वस्थकर खाना खुवाउनको लागि रोयल विरयानी हाउस विराटनगरलाई रोजिएको जानकारी दिँदै कार्यक्रम संयोजक तथा क्लबका द्वितीय उपाध्यक्ष शम्भु साहले खाना विरामीको कुरुवा बसेकै स्थानमा लगेर वितरण गरिएको जानकारी दिनुभयो ।

खाना खुवाउने अभियानको उद्घाटनमा लायन्सका विभिन्न क्लवका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।