विराटनगर । चिकित्सा शिक्षामा सुधारका लागी १९ औं पटक अनशनरत डा. गोविन्द के.सी को समर्थनमा प्रदेश नं. १ युथ कांग्रेसका युवाहरुले शान्तिपुर्ण प्रर्दशन गरेका छन् ।
शनिबार युवाहरुले विराटनगरको ट्राफिक चौकमा १ सय मिनेटसम्म शान्तिपुर्ण प्रर्दशन गरेका हुन । चिकित्सा शिक्षामा सुधारका लागी अनशनरत लागी डा. के.सी. का मागहरु सम्बोधन हुनुपर्ने युवाहरुको भनाई छ । प्रतिष्ठानमा एम.बी.बी.एस. लगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, ईलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागि प्रक्रिया अघि बढाउनुपर्ने र २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने डा.के.सी. का प्रमुख मागहरु हुन् । भदौ २९ देखि जुम्लामा अनशनरत डा. के.सी.को सम्पुर्ण मागहरु जायज भएको भन्दै युवाहरुले सरकारलाई वार्ता समिति गठन गरि छलफल गर्न सुझाव समेत दिएका छन् ।
पछिल्लो समय डा. के.सी. को समर्थनमा देशैभरि विभिन्न ठाउँहरुमा प्रर्दशन भईरहेका छन् । शनिबार विराटनगको ट्राफिक चौकमा भएको शान्तिपुर्ण प्रर्दशनको क्रममा भने प्रहरीले हस्तक्षेप समेत गरेको थियो । डा. के.सी. को समर्थनमा एक साङकेतिक नाटक देखाउने क्रममा प्रहरीले गरेको हस्तक्षेप गरेर युवाहरुको मनोबल गिराउने प्रयास गरेको युथ कांग्रेस नेपालका मोरङ जिल्ला संयोजक अभिषेक भट्टराईले बताए ।
डा. के.सी. ले राखेका जायज मागहरु पुरा नभए आगामी चरणमा प्रदेश नं. १ बाट रिले अनशनको सुरुवात गरिने युथ कांग्रेस नेपालका प्रदेश नं. १ संयोजक सबिन दाहालको भनाई छ ।