पत्रकार तिम्सिनालाई पितृशोक

विराटनगर । विराटनगरकी पत्रकार बिनु तिम्सिनालाई पितृ शोक परेको छ । तिम्सिनाका बाबु रामप्रसाद तिम्सिनाको शनिबार दिउँसो निधन भएको हो ।

हाम्रोमत दैनिकका सम्पादक एवम् पत्रकार महासङ्घ मोरङका सचिब अर्जुनकुमार आचार्यका ससुरा उहाँको केहि दिनअघि मुटुको दुवै भल्व अचानक बन्द भएपछि काठमाण्डौको नर्भिक अस्पतालमा उहाँको शल्यक्रिया गरी उपचार गरिएको थियो ।

शल्यक्रियापछि सुधारोन्मुख स्वास्थ्य अवस्था बिग्रिएर शनिबार ७२ वर्षको उमेरमा उहाँको निधन भएको हो । स्वर्गीय तिम्सिनाका श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त कर्मचारी रहनुभएका तिम्सिनाको काठमाण्डौको पशुपति आर्यघाटमा शनिबार अपरान्ह अन्तयेष्टि गरिएको छ ।

शनिबार, १० असोज, २०७७, साँझको ०६:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर