विराटनगरमा न्युज एंकरको तालिम, ९ जना मात्र सहभागी हुने

विराटनगर । विराटनगरमा समाचार वाचक—वाचिका एवं संवाददाताका लागि १ महिने तालिम हुन गईरहेको छ ।

रितेन्द्र मिडिया हाउसको आयोजनामा कार्तिक महिनाबाट तालिम सुरु हुन गइरहेको हो । स:शुल्क सञ्चालन हुने सो तालिममा ९ जना प्रशिक्षार्थी मात्र सहभागी हुन पाउने छन् । उक्त तालिममा विभिन्न मिडियामा संलग्न मिडियाकर्मीहरुले तालिम दिने सञ्चारकर्मी एवं प्रशिक्षक सोनुकुमार दासले बताउनुभयो । उहाँले उक्त तालिममा अन्तर्वाता लिने तरिका, प्रत्यक्ष रिपोर्टिङ गर्ने शैली, सेलिब्रेटिहरुसँगको अन्तरक्रिया कार्यक्रम तथा क्षमता तथा नेतृत्व विकास तालिम समेत प्रदान गर्ने जानकारी दिनुभयो । यस्तै सञ्चारकर्मी दासले तालिम अवद्यिमा ९ जना प्रशिक्षार्थीहले प्रयोगात्मक र फिल्ड रिपोर्टिङको अनुभव समेत प्राप्त गर्ने लिने उल्लेख गर्नुभयो ।

एक महिने तालिमको शुल्क भने ८ हजार रुपैयाँ रहेको छ । तालिमका लागी भने असोज ७ गतेदेखि १९ गतेसम्मका लागी अनलाईन रजिष्ट्रेशन खोलिएको छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस : अनलाईन फारम

बिहिबार, ०८ असोज, २०७७, रातीको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर